बेलिब्रिज भाँचिएर किचिएका ३ जना मजदुरको मृत्यु

विराटनगर। पाँचथरको हेवाखोलामा जडान गरिँदै गरेको बेलिब्रिज भाँचिएर भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको छ। उक्त पुल शनिबार बेलुका भाँचिएको थियो।

त्यस बेला काम गरिरहेका ६ जना मजदुर गम्भीर घाइते भएका थिए । तीमध्ये ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। विराटनगरको नोबल मेडिकल कलेजमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो।

घाइतेमध्ये बाराको जितपुरसिमरा उपमहानगरपालिका–१२ का २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरीको मृत्यु भएको पाँचथरका प्रहरी नायव उपरीक्षक (डीएसपी) कौशलकुमार बुढाथोकीले जानकारी दिए। दुर्घटनामा घाइते सिमराकै भुलेश्वर चौधरी, प्रकाश चौधरी र अभिषेक चौधरीको नोबेलमा उपचार भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *