नोबेल साकोसमा कृति लोकार्पणसँगै स्रष्टा सम्मान

विराटनगर। नोबेल साकोस साहित्य संस्थाको वार्षिक उत्सव सम्मान तथा गजल लोकार्पण कार्यक्रम सम्पन्न भएको छ। संस्थाका उपाध्यक्ष भूपाल अधिकारीको गजल संग्रह ‘दिव्यदीप’ लोकार्पण गरिएको होे।

उक्त कृतिमा ६५ वटा बहरबद्ध गजलहरू समावेश छन्। कृतिको समालोचक हरि कट्टेलले समालोचना गरेका थिए।

त्यसै अवसरमा संस्थाले विभिन्न क्षेत्रमा योगदान दिने ७ जनालाई सम्मान गरेको थियो। सम्मानित हुनेमा लेखक, अनुसन्धाता केशु विरही, पत्रकार गोकुल पराजुली, साहित्यकार शरद प्रधानाङ्ग, साहित्यकार प्रिन्स प्रमोद ढकाल, साहित्यकार प्रयाग न्यौपाने, मुक्तककार मदन भण्डारी, समाजसेवी करिम अन्सारी तथा बालप्रतिभा प्रज्ञा कट्टेल छन्।

कार्यक्रममा नोबेल साकोस साहित्य संस्थाका केन्द्रिय संयोजक राजन न्यौपाने, सुन्दरहरैँचा साहित्य कला विकास समितिका अध्यक्ष डा. छवि बैरागी घिमिरे, चारु साहित्य प्रतिष्ठानका प्रमुख डा. देवी पन्थी, विराट संगम मासिकका सम्पादक साहित्यकार रामबाबु दाहाल, कवि भरत बर्बरिकलगायत सहभागी थिए।

त्यस अवसरमा चिरन्जीवी काफ्ले, किस्मत खतिवडा, प्रिन्स प्रमोद ढकाल, रोहिणी रसिक, शारदा भट्टराई, मदन भण्डारी, मन्जुश्री गिरी लगायतले गजल वाचन गरेका थिए।

यसैबीच, संस्थामा हाल रिक्त भएका दुई सदस्यको पदमा बेलबारीका स्रष्टा नवराज पोखरेल नवशिला तथा विराटनगरका स्रष्टा चन्द्रकान्त भट्टराईलाई मनोनीत गरिएको छ।

संस्थाकी कोशी प्रदेश अध्यक्ष मञ्जु घिमिरे दाहालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा चेतना प्रतिष्ठानकी प्रमुख प्राज्ञ गङ्गा सुवेदीको सहभागिता थियो ।

संस्थाकी सचिव सुजाता राई र सदस्य नवराज पोखरेलले सहजीकरण गरेको कार्यक्रममा पदाधिकारी सदस्यहरू रेणुका राई, कुमार श्रेष्ठ, शान्ता पौडेल भट्टराई लगायतको सहभागिता थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *