भारतमा कोरोना संक्रमण बढ्दो, १६ राज्यमा फैलियो

काठमाडौं। भारतमा कोरोना संक्रमण दिनहुँ बढिरहेको छ। त्यहाँका १६ राज्यमा कोरोना संक्रमण देखा परेको छ। भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार ती राज्यहरूमा हजारभन्दा बढी सक्रिय कोरोना संक्रमित पुष्टि भइसकेको छ।

भारतभरि कुल १ हजार ९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन्। मन्त्रालयका अनुसार सबैभन्दा बढी कोरोना संक्रमित केरल राज्यमा देखा परेका छन्। त्यहाँ ४०३ जना सक्रिय संक्रमित छन्।

यसैगरी महाराष्ट्रमा ४३०, दिल्लीमा १०४, गुजरातमा ८३, तमिलनाडुमा ६९, कर्नाटकमा ४७ जना संक्रमित फेला परेका छन्। उत्तर प्रदेशमा १५, राजस्थानमा १३, पश्चिम बंगलामा १२, हरियाणामा र पुडुचेरीमा ९–९, आंध्रप्रदेशमा ४, मध्यप्रदेशमा २, तेलंगाना, गोवा र छत्तिसगढमा १–१ जना संक्रमित फेला परेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

संक्रमणको बढ्दो जोखिमको बारेमा कर्नाटकका स्वाथ्यमन्त्री दिनेश गुन्डु रावले यसबारे धेरै चिन्ता लिनु नपर्ने बताएका छन्। महाराष्ट्र र अन्य केही ठाउँहरूमा केही मानिस मृत्यु भएको खबर बाहिर आएका छन्, तर ती मानिसको मृत्यु कोभिड–१९ सँग प्रत्यक्ष रूपमा सम्बन्धित नभएको बताइएको छ।

छिमेकी मुलुकमा संक्रमण फैलिरहेका बेला सीमावर्ती नेपाली गाउँ सहरमा पनि सतर्कता अपनाउनुपर्ने अवस्था देखिएको छ। उक्त संक्रमण कोरोना महामारीको सुरुआततिर जस्तो तीव्र रुपमा फैलन खालको नभए पनि बेलैमा सतर्कता अपनाउनुपर्ने विज्ञहरुले बताउँदै आएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *