पुलबाट जिप खस्दा ३ जनाको मृत्यु
काठमाडौं। तनहुँको व्यास नगरपालिका-३ र ४ जोड्ने मादी नदी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु भएको छ। दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग२च ५७६० नम्बरको जिप पुलको रेलिङ भत्काएर मादी नदीमा खसेको प्रहरीले जनाएको छ।
शनिबार राति भएको दुर्घटनामा मृत्यु हुनेमा व्यास-५ का ३५ वर्षीय प्रविन थापामगर, २२ वर्षीय कुमार थापा र २० वर्षीय कुशल थापा छन्।
दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्। घाइतेहरूको दमौली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए।
तीव्र गतिका कारण अनियन्त्रित भइ दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
