कास्कीको सिनुवा केन्द्र भएर भूकम्प

काठमाडौं। कास्कीको सिनुवा केन्द्रबिन्दु भएर मंगलबार दिउँसो भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिउँसो १ बजेर ५९ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ।

कास्कीसहित तनहुँ, बागलुङ, पर्वतलगायत जिल्लामा भूकम्पको धक्का महसुस भएको जनाइएको छ। भूकम्पका कारण कतै केही क्षति भए नभएको जानकारी आउन बाँकी छ।

यसअघि वैशाख ३१ गते सोलुखुम्बुको छेस्काम केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *