सोलुखुम्बुमा भूकम्प
काठमाडौं। सोलुखुम्बुको छेक्साम केन्द्रबिन्दु भएर बुधबार साँझ भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार साँझ ६ बजेर ११ मिनेट जाँदा भूकम्प गएको हो ।
भूकम्पको केन्द्रबिन्दु जिल्लाको छेक्साम आसपास रहेको जनाइएको छ। भूकम्पको तीव्रता म्याग्निच्युडमा ४.६ मापन गरिएको छ।
यसअघि गत वैशाख १४ गते डोल्पाको कान्जिरोबा केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो।
वैशाख १२ गते सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.१ म्यग्निच्युड तथा त्यसको एक दिनअघि रुकुम पूर्व केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्डको भूकम्प गएको थियो।
प्रतिक्रिया
