‘जनप्रतिनिधिको संख्या र भत्ता घटाऔं’
काठमाडौं। नेपाली कांग्रेसका सांसद जितजङ्ग बस्नेतले सबै तहमा जनप्रतिनिधिको संख्या घटाउन प्रस्ताव गरेका छन्। आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथामिकतामाथि बुधबार भएको छलफलमा भाग लिँदै सांसद बस्नेतले यस्तो प्रस्ताव गरेका हुन्।
उनले अनाआवश्वक खर्च घटाउनका लागि जनप्रतिनिधिको संख्याबाटै काम थाल्नुपर्ने मा जोड दिए। राष्ट्रियसभाको बैठकमा उनले भने, ‘वडादेखि नै प्रतिनिधिको संस्था घटाउनु पर्छ। वडामा तीन जना प्रतिनिधि भए पुग्छ। दलित, महिला र वडाअध्यक्ष भए पुग्छ। प्रदेशमा पनि संरचना घटाउनु पर्यो। प्रदेशमा पाँचजना मन्त्री भए पुग्छ। संघीय संसदमा पनि प्रत्यक्षवाला प्रतिनिधिसभामा र समानुपातिकवाला चाहिँ राष्ट्रियसभामा हुने गर्नुपर्छ।’
उनले अहिले दिँदै आएको भत्तासमेत कटौती गरेरसमेत अघि बढ्नुपर्ने बताए। ‘तलदेखि माथिसम्म सबैतिर भत्ता घटाउनु पर्यो। हामी लोकतान्त्रिक गणतन्त्र, बहुदलीय व्यवस्थामा विश्वास गर्छौँ। यो संरचना घटाएर अघि बढौँ भन्ने मलाई लाग्छ,’ बस्नेतले भने।
