इलाम गोल्डकप १० लाख रुपैयाँ नाफामा

इलाम। दोस्रो इलाम गोल्डकप फुटबल प्रतियोगिताको आयव्यय सार्वजनिक भएको गरिएको छ। रेडहर्स फुटबल क्लबले गत मंसिरमा आयोजना गरेको प्रतियोगिताको ९५ लाख रुपैयाँको आयव्यय सार्वजनिक गरिएको हो।

क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष साङ्गे योल्मोले ९४ लाख ९५ हजार रुपैयाँको हिसाब–किताब सार्वजनिक गरे। विभिन्न दाता र प्रवेश शुल्कबाट गोल्डकपका लागि आर्थिक संकलन गरिएको थियो।

आम्दानीतर्फ गैरआवासीय नेपाली संघ (एनआरएनए) बाट ५ लाख, इलाम नगरपालिकाबाट १० लाख, गोर्खा ब्रुअरीबाट ४ लाख ५० हजार, १ हजारको प्रि–टिकटबाट २ लाख ८० हजार, प्रवेश शुल्क (गेटमनी) बाट १८ लाख ६३ हजार, नेपाल एयरलाइन्सबाट १ लाख, रेडपान्डा नेटवर्कबाट ५० हजार रुपैयाँ सहयोग प्राप्त भएको क्लबले जनाएको छ।

त्यस्तै, सन नेपाल लाइफबाट १ लाख, सिजी फुड्सबाट १ लाख ४० हजार, तारा–रोजु सापकोटाबाट ५ लाख, रेडबुलबाट ५७ हजार, नेपाल टेलिकमबाट २० हजार, बिङ्गो खेलबाट ९ लाख ५० हजार, व्यक्तिगत सहयोगबाट ८ लाख ३८ हजार, सिजनल टिकटबाट ३ लाख ४५ हजार, पुरानो मौज्दात ९ लाख ८८ हजार रुपैयाँ रहेको आयोजकले जनाएको छ।

१३ लाख रुपैयाँ उठ्न बाँकी रहेको जनाइएको छ। दाताले घोषणा गरेका सबै हिसाब उठिसक्दा १० लाख रुपैयाँ नाफा हुने अध्यक्ष योल्मोको भनाइ छ।

प्रतियोगितामा भएको खर्चतर्फ पुरस्कार राशि १६ लाख ८९ हजार, प्यारापिट निर्माण २३ लाख ३७ हजार, विज्ञापन तथा प्रचार १ लाख ५५ हजार, खेलाडी टिम खर्च २२ लाख २० हजार, खाना–खाजा, होटलतर्फ ७ लाख ३६ हजार, रेफ्री खर्च २ लाख ६० हजार, सुरक्षा ९० हजार, स्टेसनरी ६४ हजार, ब्यानर, ट्रफी, मेडललगायत ४ लाख ८५ हजार छ।

यसैगरी, बिजुली–पानी ५२ हजार, इन्धन १ लाख ५ हजार, यातायात ३५ हजार, अतिथि सत्कार, उद्घाटन, समापन समारोह २ लाख ४ हजार रुपैयाँ रहेको आयोजकको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *