उच्चस्तरीय राजनीतिक संयन्त्र खारेज गर्ने ओलीको चेतावनी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई असहयोग भए उच्चस्तरीय राजनीतिक संयन्त्रलाई तत्काल खारेज गर्ने चेतावनी दिएका छन् ।

काठमाडौंमा आयोजिक एक कार्यक्रममा बोल्दै शुक्रबार ओलीले यस्तो चेतावनी दिएका हुन् ।

उच्चस्तरीय संयन्त्रसँग आफू आशावादी भएको भन्दै उनले तर सरकारलाई असहयोग भएको अवस्थामा खारेज हुने बताए ।

‘उच्चस्तरीय राजनीतिक संयन्त्रले सरकारलाई असहयोग गर्ने स्थिति बनेमा हटाउछौं । तर मलाई जहाँसम्म लाग्छ यसले सरकारलाई सहयोग गर्छ । प्रधानमन्त्रीको चाहनाअनुसार संयन्त्र बनाएको हो । कुनै पिँजडा होइन ।’

अध्यक्ष ओली उच्च स्तरीय राजनीति संयन्त्रका संयोजक हुन् । यसमा सत्ता गठबन्धन दलका प्रमुखहरू सदस्य छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गरे पनि ओली नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर सरकारलाई नियन्त्रण गर्न खोजेको भन्दै आलोचना हुने गरेको छ ।

प्रधानमन्त्री दाहाल आफैँ केही निर्णय गर्न नसक्ने अवस्थामा रहेको र उनी ‘पिँजडा’ भित्र परेको भनेर पनि टिप्पणी भइरहेको छ ।

यही अवस्था र चर्चाका कुराप्रति लक्षित गर्दै ओलीले सरकारलाई असहयोगको अवस्था आएमा संयन्त्र खारेज हुने बताएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *