ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु, ४ घाइते

विराटनगर। मोरङको मिक्लाजुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । मिक्लाजुङ गाउँपालिका–९ आठसरेस्थित मधुमल्ला–उर्लाबारी सडक खण्डमा आइतबार दिउँसो ट्याक्टर दुर्घटना भएको हो ।

मधुमल्लाबाट उर्लाबारीतर्फ आउँदै गरेको मे २ त ८३५६ नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार ट्याक्टरमा सवार उर्लाबारी नगरपालिका–४ का २० वर्षीय निशान भनिने लाजेहाङ लिम्बूको मृत्यु भएको हो।

ट्याक्टरले किचेर गम्भीर घाइते भएका उनलाई मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पठाएको थियो । अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका थिए।

दुर्घटनामा ट्याक्टर चालक उर्लाबारी–५ का २९ वर्षीय दिलबहादुर धिमाल, १८ वर्षीय, निर्जल विक, २० वर्षीय सुरज बर्देवा र १६ वर्षीय अमिर सुनुवार घाइते भएका छन्। उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *