स्कुटरले थिचेको अवस्थामा मृत फेला
विराटनगर। मोरङको उर्लाबारी नगरपालिका–८ का ५० वर्षीय नरकुमार लिम्बु शनिबार मृत अवस्थामा भेटिएका छन्। स्कुटरले थिचेको अवस्थामा उनी मृत भेटिएका हुन्।
जरुवापानीस्थित भित्री सडक खण्डमा प्र १–०२–०४० प ७८८१ नम्बरको स्कुटरले थिचिएको अवस्थामा देखेरपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए। प्रहरी टोली पुगेर हेर्दा उनी मृत भेटिएका हुन्।
इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर रन्जनकुमार बराल सहितको टोलीले घटनास्थलको अवस्था बुझेको थियो। यकिन कारण नखुले पनि दुर्घटनामा परेर उनको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ।
प्रतिक्रिया
