सातै प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं। सातवटै प्रदेशमा आज शुक्रबार वर्षा हुने भएको छ। स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेकाले वर्षाको सम्भावना देखिएको हो।
मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त प्रणालीको प्रभावले हाल कोशी प्रदेश लगायत देशको पहाडी भूभागको मौसममा आंशिकदेखि साधरणतया बदली छ। कोशी, बागमती, गण्डकी प्रदेश प्रदेशको एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो सातै प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहनेछ। सातै प्रदेशमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हिमपातको समेत सम्भावना छ।
प्रतिक्रिया
