कोशीका केही ठाउँमा भारी वर्षाको सम्भावना

विराटनगर। कोशी र गण्डकी प्रदेशका केही ठाउँमा आज बिहीबार बिहानका रातिदेखि नै हल्का एवं मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका केही ठाउँमा भारी वर्षाको समेत सम्भावना छ।

देशका सबैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ। हिमाली भेगका केही ठाउँमा हिमपात हुनसक्ने अनुमान गरिएको छ।

देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसँगै वर्षा एवं हिमपात हुनसक्ने भएकाले कृषि, दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने अनुमान छ।

पानी पार्ने नयाँ प्रणालीको प्रभाव आगामी सोमबारसम्म रहने सक्ने जनाइएको छ। आगामी केही दिन देशका धेरै ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

अहिले गहुँ, मसुरोजस्ता बाली काट्ने समय हो। आफ्नो क्षेत्रको मौसमबारे जानकारी लिएर मात्र बाली काट्नुपर्ने सुझाव मौसमविद्को छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *