शिक्षा ऐन नदिएसम्म आन्दोलन नरोक्ने अडानमा शिक्षकहरू

काठमाडौं । दुई सातायता काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूले नयाँ वर्षको पहिलो दिन आज सोमबार पनि प्रदर्शन गरेका छन्। विद्यालय शिक्षा ऐन जारी नगरेसम्म आफूहरु आन्दोलनबाट पछि नहट्ने अडान उनीहरुले लिएका छन्।

नेपाल शिक्षक महासंघको अगुवाइमा चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन भइरहेको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार सरकारले माग पूरा गर्न र पहिलेका सहमति कार्यान्वयन गर्न अग्रसरता नदेखाएकाले आन्दोलनलाई निरन्तरता दिइएको हो।

विगतमा पटक–पटक सहमति गर्ने तर कार्यान्वयन नहुने गरेको भन्दै महासंघले ऐन जारी गर्ने सुनिश्चतता नभएसम्म आन्दोलन नरोकिने अडान लिएको छ।

यसैबीच, आजै नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको बैठक रत्नराज्य माध्यमिक विद्यालयमा बस्ने भएको छ। बैठकमा आन्दोलनको समीक्षा गरिने अध्यक्ष सुवेदीले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *