यस्तै बित्यो साल, अब यस्तो नहोस्
एकासी सालमा थुप्रै, दुःखका दिन भोगिए,
बाढी पैरो र भूकम्प, द्वन्द्व संघर्ष देखिए।
थुप्रै रोगहरू आए, सुक्खाले खेती बिग्रियो,
असिना–पानी हावाले, गृहस्थी अस्तव्यस्त भो।
जनसेवी यिनी नेता, लड्दै छन् कुर्सीमै दिनै,
नेता पार्टी सबै स्वार्थी, कमिशन भित्र छन् सबै।
नारा जुलुसले गर्दा, निस्कनै पनि त्रास छ,
शिक्षा, स्वास्थ्य र उद्योग, सबै नै अस्तव्यस्त छ।
अन्यौल कष्ट औ चिन्ता, भोग्दै छन् जनता सधैं,
यस्तैसँग बित्यो साल, अब यस्तो नहोस् कुनै।
प्रतिक्रिया
