चट्याङ लागेर २ जनाको मृत्यु

विराटनगर। झापा र मोरङमा चट्याङले लागेर दुई जनाको मृत्यु भएको छ। बुधबार दिउँसो पूर्वका विभिन्न स्थानमा वर्षासँगै चट्याङ परेको थियो।

मोरङको कानेपोखरी गाउँपालिका–१ होक्लाबारीमा परेको चट्याङले १२ वर्षीय आविष्कार बरालको मृत्यु भएको हो।

प्रहरीका अनुसार मामा शंकर दाहालको घरमा पाहुना आएका सुनसरीको इटहरीका विश्वराज बरालका छोरा आविष्कारलाई साइकल कुदाइरहेको अवस्थामा चट्याङले लागेको थियो।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराट टिचिङ अस्पताल विराटनगर ल्याइएको थियो। चिकित्सकले जाँच गरी उनको मृत्यु भइसकेको घोषणा गरेको प्रहरीले जनाएको छ।

यसैगरी, झापाको गौरादह नगरपालिका–५ मा चट्याङले ५४ वर्षीय दुधकुमार लावतीको मृत्यु भएको प्रहरीले जनाएको छ। पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटे घर भइ स्थानीय गोमनाथ चेम्जोङको खेतीमा काम गर्ने लावतीको खाजा खाइरहेका बेला परेको चट्याङले मृत्यु भएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *