प्रधानमन्त्रीले भने ‘धरानमा खानेपानी उपलब्ध गराउने प्रक्रिया सुरू’
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले धरानवासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताएका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज सोमबार धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई सहितको प्रतिनिधिमण्डलसँग भेटमा प्रधानमन्त्री ओलीले खानेपानीको प्रक्रिया अघि बढेको बताएका हुन्।
भेटका क्रममा प्रधानमन्त्री ओलीले भने, ‘धरानवासीले खानेपानी पिउन पाउनुपर्छ। यो प्रक्रिया आजैबाट अघि बढ्यो। यसका लागि संघीय सरकारले बजेटको प्रबन्धलगायत अन्य विषयमा आवश्यक सहजीकरण गर्नेछ।’
प्रधानमन्त्री ओलीले धरानको फोहोर व्यवस्थापनका लागि आधुनिक प्रविधियुक्त ‘ल्याण्डफिल साइट’ बनाउनुपर्नेमा जोड दिएका थिए।
प्रतिक्रिया
