कालो मास्क लगाएर मौन जुलुस निकाल्दै शिक्षकहरू

काठमाडौं। काठमाडौं केन्द्रित आन्दोलनलाई निरन्तरता दिइरहेका देशभरका शिक्षक, कर्मचारीहरुले आज सोमबार कालो मास्क लगाएर मौन जुलुस निकाल्ने भएका छन्।

यसअघि हिजो आइतबार सिट्ठी जुलुस निकालिएको थियो। आज कालो मास्क लगाएर काठमाडौंको माइतघर मण्डलामा भेला भइ मौन जुलुस निकालिने भएको हो।

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग अघि सार्दै नेपाल शिक्षक महासंघको अगुवाइमा आन्दोलन भइरहेको हो। यसबीचमा सरकारले पटकपटक वार्तामा बस्न बोलाए पनि आन्दोलनकारीले अस्वीकार गर्दै आएका छन्।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले मौन जुलुसमा सहभागी हुन आग्रह गरेका छन्।

उनले भनेका छन्–

‘कालो मास्कसहित ११ः०० बजे माइतीघर मण्डलामा उपस्थित हुनुहुन सबै शिक्षक–कर्मचारी साथीहरुमा हार्दिक अनुरोध छ।

काठमाडौं आइपुग्न बाँकी रहेका आदरणीय साथीहरू, अब त स्कुल सबै बन्द भए, अब काठमाडौं आउन कुनै बाधा छैन। हामी तपाईंलाई पर्खिरहेका छौं। सम्झिरहेका छौं। तपाईलाई काठमाडौमा भेटेर सँगै जुलुसमा जान र नारा लगाउन मन छ। के हामीलाई त्यो अवसर प्राप्त होला? तपाईंहरु काठमाडौ कहिले आउनुहुन्छ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *