शिक्षक आन्दोलन : यो वर्षको चैते दसैँ र रामनवमी सडकमै

काठमाडौं। विद्यालय शिक्षा विधेयक यथाशीघ्र पारित गर्नुपर्ने लगायत माग राख्दै सडकमा उत्रिएका देशभरका शिक्षकहरुले आज शुक्रबार पनि आन्दोलनलाई निरन्तरता दिने भएका छन्।

यसैबीच, आन्दोलनको अगुवाई गरिरहेको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलनमा सक्रिय सहभागिताका लागि आह्वान गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत् आन्दोलनमा सक्रिय सहभागिताको आह्वान गर्दै लेखेका छन्–

हिजोको आन्दोलनमा सहभागी सबै साथीलाई धन्यवाद। हिजोको सहभागिता गर्व गर्न लायक छ। साथीहरु, आन्दोलनमा सहभागी हुनु मात्र हाम्रा लागि पर्याप्त हुँदैन। आन्दोलनमा तोकिएको अवधिभरि बसेर आन्दोलनलाई साथ दिनुपर्छ। आजदेखि यो विषयमा साथीहरु गम्भीर हुनु हुनेछ विश्वास लिएको छु।

सुनिंदैछ– केही साथीहरु शैक्षिक भ्रमणमा हुनुहुन्छ। कोही साथी तालिमका नाममा सत्ताको चाकडीमा रमाउनु भएको छ।

सबै साथीहरु आन्दोलनको मोर्चामा खटिइरहनु भएको यो बखतमा त्यसो गर्नु आन्दोलन प्रतिको अपमान हो। यस्तो कार्य अविलम्व रोक्न म सम्बन्धित सबैमा विम्रतापूर्वक अनुरोध गर्दछु। आजबाट तालिम चलेका भनिएका स्थानको अवलोकनमा आन्दोलनकारी प्रतिनिधि साथीहरु आउनुहुनेछ। यो कुरालाई गम्भीरतापूर्वक लिनुहुन अनुरोध छ।

‘मेरो आन्दोलन मेरो सहभागिता’ मूल मन्त्रलाई अनुशरण गरी सबैजना वार कि पारको यो आन्दोलनमा सहभागी बनौं।

नोटः आन्दोलन सफल बनाऔं। उपलब्धि पूजीकृत गरौं। त्यसपछि चाडबाड मनाऔंला। यसपालिको चैते दसैँ र रामनवमी सडकमा नै मनाऔंला।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *