निःस्वार्थ प्रेम
तिम्रो माया ममता
त्याग र बलिदान
पर्याप्त छ मलाई
तिम्रो नामको गीत
संगीत र धून
काफी प्रेरणा छ मलाई
अँध्यारो हुन खोज्दा
जिन्दगीमा भर्याङका खुड्किला
बत्ती बनेर आउने
मेरा हिम्मत र आशाकिरण हुन्
तिम्रा साथ र समर्पण मेरा
म कोरा थिएँ
अझै कोरा छु
तिमी शृङ्गार हौ
मेरो मनोभावको
मेरो जीवनको
प्रत्येक पल सूर्यका किरणझैँ
आएका थियौ
जीवनमा यो
जब अँध्यारो थियो
हरेक पल मेरो
हरेक रात जूनले झैँ
पार्दै शीतल
तिमी आयौ जिन्दगीमा
चन्द्र जस्तै बनेर
तिम्रो आवगमन नमेटिने छाप हो मलाई
तिम्रो हरेक पलका उक्साहट
सफलताको कहानी हो
मेरो लागि
आज आएको सुनौलो
किरणको हकदार
हौ तिमी
प्रत्येक फूलहरुको सुवास हौ
तिमी मेरो जीवनको
हृदयको सारङ्गी रेटेर
आनन्दको सागरमा तिमीलाई सजाउँदै
जीवनको उज्यालो खोजिरहेछु म
तिमीले देखेको सपना पूरा गर्नलाई
वास्तवमा म गीत मात्र हो
तिमी मेरो जीवनको संगीत हौ
अब के भनूँ
तिमी मात्र मेरो जीवनको साँच्चै
प्रेरणाको एकमात्र
निःस्वार्थ प्रेम हौ।
-विराटनगर

गज्जब, अब्बल, सरल र सरस लाग्यो । बधाई छ 🙏🙏🙏