गाईघाट फुटबल क्लब सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा

धनकुटा। सहिद भीमनारायण गोल्डकपअन्तर्गत आज सोमबार भएको खेलमा उदयपुरको गाईघाट फुटबल क्लबले सुनसरीको ब्वाइज फुटबल क्लबलाई पराजित गरेको छ।

उदयपुरले १–० गोलले सुनसरीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।

खेलको १६औँ मिनेटमा उदयपुरका फोफानले गरेको एकमात्र गोल निर्णायक बनेको थियो। उदयपुरका गोलरक्षक अनिल मगरले आजको खेलका म्यान अफ द म्याच घोषित हुँदै ५ हजार रुपैयाँ पुरस्कार पाए।

प्रतियोगिताअन्तर्गत मंगलबार चित्लाङ फुटबल क्लब र झापाको बिर्तामोड युनाइटेड क्लबबीच खेल हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *