स्रष्टाहरूको जमघटबीच नोबेल साकोसद्वारा नवप्रतिभालाई पुरस्कार

विराटनगर। नोबेल साकोसको मासिक साहित्यिक कार्यक्रमअन्तर्गत नव प्रतिभा बालिकालाई पुरस्कृत गरिएको छ। त्यस अवसरमा आकृति राईलाई पुरस्कार प्रदान गरिएको हो।

आकृतिले सुरिलो भाकामा आफ्नो गीत प्रस्तुत गरेकी थिइन्। नवस्रष्टाहरूमा उत्प्रेरणा होस् भन्ने अभिप्रायले उक्त कार्यक्रम आयोजना गरिएको जनाइएको छ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष भूपाल अधिकारी, कोषाध्यक्ष ऋषि तिवारी, सदस्य शान्ता भट्टराई, कुमार श्रेष्ठ, आजीवन सदस्यहरू सुरेशकुमार अग्रवाल, केशव रिजाल सल्लाहकार प्रिन्स प्रमोद नवयुवा कवि निमेश पोख्रेल, अछुत पौडेल, नेत्र खतिवडा, पूर्णिमा सहनीले आफ्ना रचना सुनाएका थिए।

यसैगरी साहित्यकारहरू गोपाल निर्भीक, पुण्य चौंलागाईँ, उमेश लुइँटेल, प्रयाग न्यौपाने, रोहिणी रसिक, शारदा भट्टराई, पुष्पा सायरा, चन्द्रकान्ता भट्टराई, किरण रिजाल, चुडामणि घिमिरे (गोपाल) लगायतले पनि आफ्नो सिर्जना सुनाएका थिए।

दाहाल प्रतिष्ठानको सभा हलमा शाखाकी अध्यक्ष मञ्जु घिमिरे दाहालको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा अन्तर्राष्ट्रिय लेखक संघका अध्यक्ष तथा विराटनगर प्रज्ञा प्रतिष्ठानका विभागीय प्रमुख शिवनारायण सिंगलको प्रमुख अतिथिका रुपमा सहभागी थिए।

यसैगरी, विशिष्ट अतिथिका रुपमा विराट साहित्य सङ्गमका सम्पादक रामबाबु दाहाल, अध्यक्ष मधु पोखरेल, प्रतिष्ठानका शाखा अध्यक्ष नारायणप्रसाद दाहाल, नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष बाबुराम पोखरेल सहभागी थिए।

कार्यक्रममा भानु कला केन्द्रका अध्यक्ष माया पौडेल, दाहाल प्रतिष्ठानका सचिव चित्रप्रसाद दाहाल, छन्द वाटिकाका अध्यक्ष हरि कट्टेल, सचिव चिरञ्जीवी काफ्ले, मैथिली समाजका अध्यक्ष डोमी कामत, दाहाल प्रतिष्ठानका केन्द्रिय सदस्य जीवनाथ दाहाल, कवि राजेन्द्र गुरागाई, बेलबारीबाट लेखक, पत्रकार तथा अनुसन्धाता केशु विरही, साहित्यकार नवराज नवशीलाको उपस्थिति थियो ।

सहभागी पाहुनालाई संस्थाका सदस्य शान्ता भट्टराईले स्वागत गरिन्। सचिव सुजाता राईले सञ्चालन गरेको कार्यक्रममा उल्लेख्य संख्यामा सर्जक र साहित्यप्रेमीको उपस्थिति थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *