हिउँदे वर्षापछि बढ्दै देशभरको तापक्रम

काठमाडौं। केही दिन अघिको हिउँदे वर्षापछि देशका विभिन्न स्थानको तापक्रम निरन्तर बढिरहेको छ। चिसो याम अघिल्ला वर्षहरुभन्दा अलि ढिलोसम्म रहेको यो वर्ष चैत दोस्रो साता हुँदा तापक्रम बढ्ने क्रम तीव्र बनेको हो।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार भैरहवा, नेपालगन्ज र धनगढीको तापक्रम सबैभन्दा बढी ३७ डिग्री सेल्यिससम्म पुग्ने अनुमान गरिएको छ। सबैभन्दा कम तापक्रम आज राति जुम्लामा दुई डिग्री सेल्सियससम्म पुग्ने देखिएको छ ।

आज दिउँसो काठमाडौँको २९, विराटनगरको ३५, जिरीको २३, जुम्लाको २६ डिग्रीसम्म अधिकतम तापक्रम पुग्ने देखिएको छ।

यसैगरी, आज डडेलधुरामा २७, दिपायलमा ३६, धनगढीमा ३७, वीरेन्द्रनगरमा ३६, पोखरामा ३१, सिमरामा ३६, ओखलढुंगामा २७, धनकुटामा ३०, धरानमा ३५, जनकपुरमा ३६ र ताप्लेजुङमा २६ डिग्री सेल्यिससम्म तापक्रम हुने महाशाखाले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *