उदयपुरका २ जना युवक नेपाल-भारत सीमानजिक पक्राउ

विराटनगर। उदयपुरको चौदण्डीगढीका दुई जना युवक विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रनजिकबाट पक्राउ परेका छन्। लागुऔषध लिएर भारततर्फबाट आइरहेका उनीहरुलाई प्रहरीले मंगलबार बेलुका पक्राउ गरेको हो।

प्रहरीका अनुसार चौदण्डीगढी गाउँपालिका–६ का २७ वर्षीय पेशल बस्नेत र २३ वर्षीय गगन खतिवडा पक्राउ परेका हुन्। लागुऔषध बोकेर भारतको जोगवनीबाट नेपाल प्रवेश गरेका उनीहरुलाई विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट नियन्त्रणमा लिइएको थियो।

प्र १–०४–००२ प १०२७ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले पक्राउ गरेको हो। मोटरसाइकल चालक बस्नेतको साथबाट लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) जस्तो देखिने वस्तु १.४८ ग्राम र मोटरसाइकलको सिटमुनि लुकाएर राखिएको नाइट्राभेट–१० लेखिएको १५ ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *