प्रेस चौतारीको १०औं महाधिवेशन विराटनगरमा आजदेखि
विराटनगर। नेकपा एमालेनिकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको १०औं महाधिवेशन आज सुरु हुँदैछ। विराटनगरको होटल मनास्लुमा उद्घाटन हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।
तीन दिनसम्म चल्ने महाधिवेशनको नेकपा एमाले महासचिव शंकर पोखरेलले उद्घाटन गर्ने प्रेस चौतारीका सचिव विक्रम लुइँटेलले जानकारी दिए।
उनका अनुसार महाधिवेशनका लागि देशभरबाट ९ सय प्रतिनिधि विराटनगर आइपुगेका छन्। चौतारीको नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्ष गणेश पाण्डे र राजेश राईले उम्मेदवारी घोषणा गरिसकेका छन्।
एमाले प्रचार विभाग सचिवको जिम्मेवारीबाट राजीनामा दिएका पाण्डेलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष बनाउन निर्देशन दिएको स्रोतले बताएको छ। प्रतिनिधिले भने निर्वाचन मार्फत नयाँ नेतृत्व छनोट गर्नुपर्ने धारणा राख्दै आएका छन्।
प्रतिक्रिया
