विवादले रोकिएको बेलबारी क्याम्पसको स्ववियु निर्वाचन आज

विराटनगर। मोरङको बेलबारीस्थित बेलबारी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आज शनिबार सम्पन्न भएको छ।

विद्यार्थी संगठनबीच विवादले गर्दा यसअघि निर्धारित चैत ५ गतेको चुनाव हुन सकेको थिएन। त्यसैले आज मतदान भएको हो। ५४७ मतदाता रहेकामा ३७१ मत खसेको निर्वाचन समितिले जनाएको छ।

सर्वपक्षीय बैठकमा सहमति गरी मतगणना सुरु गर्ने तयारी गरिएको छ। स्ववियु सभापतिमा अखिल क्रान्तिबाट कपिल विष्ट र अनेरास्ववियुबाट प्रशान्त पोखरेल उम्मेदवार छन्। आन्तरिक विवाद एवं द्वन्द्वका कारण नेविसंघ निर्वाचन प्रक्रियामा सहभागी भएन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *