ठूलो परिमाण गाँजा र नगदसहित २ जना पक्राउ

झापा। झापाको बुद्धशान्ति गाउँपालिका–४ बर्नेबाट सशस्त्र प्रहरीले १ हजार ६३६ किलो गाँजा नियन्त्रणमा लिएको छ। दुईवटा ट्रक राखेर लगिँदै गरेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

धनकुटाको सहिदभूमि गाउँपालिका–४ का २८ वर्षीय महेश राई र इलाम माइजोगमाई गाउँपालिका २ का ३७ वर्षीय गंगाबहादुर बस्नेत पक्राउ परेका हुन्।

शुक्रबार अपराह्न इलामबाट झापातर्फ आउँदै गरेको को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरको मिनी ट्रकलाई जाँच गर्दा गाँजा फेला परेको थियो। सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ बराह बाहिनी मुख्यालयबाट प्रहरी उपरीक्षक बिक्रम होमागाई नेतृत्वको टोलीले गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो।

जाँचका क्रममा ५७ वटा बोरामा उक्त परिमाणको गाँजा राखिएको भेटिएको हो। ट्रकमा रहेका अरु दुई जना भने भागेको उल्लेख गर्दै उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरुको साथबाट ८७ हजार ८८० रुपैयाँ र ५ वटा मोबाइल सेट पनि बरामद गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *