मध्यराति एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु

विराटनगर। मोरङको बूढीगंगामा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बूढीगंगा गाउँपालिका–३ मा शनिबार मध्य रातितिर मनमाया श्रेष्ठ स्मृति प्रतिष्ठान मोरङ लेखिएको को १ च ४७७४ नम्बरको एम्बुलेन्स दुर्घटना भएको प्रहरीइले जनाएको छ।

दुर्घटनामा एम्बुलेन्सका चालक उदयपुरको पञ्चावती घर भइ मोरङको बूढीगंगा–२ मा बस्दै आएका २४ वर्षीय आशिष राईको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले जानकारी दिए।

दुर्घटनाको खबर पाएर पुगेको इलाका प्रहरी कार्यालय नेमुवाका इन्चार्ज प्रहरी नायव निरीक्षक (सई) भुवन श्रेष्ठ नेतृत्वको टोलीले गम्भीर घाइते अवस्थाका राईलाई उपचारका लागि विराट शिक्षण अस्पताल पुर्याएको थियो।

अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषित गरेका थिए। तीव्र गतिमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको एम्बुलेन्स आफैं अनियन्त्रित भइ ‘डिभाइडर’ मा ठोक्किएर दुर्घटनामा परेको हुनसक्ने प्रहरीको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *