अटोसँग ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु
उदयपुर। उदयपुरको त्रियुगामा अटो टेम्पोमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मदन भण्डारी राजमार्गअन्तर्गत त्रियुगा नगरपालिका–९ मा दुर्घटना भएको हो।
चुहाडेबाट गाईघाटतर्फ जाँदै गरेको प्रदेश १–०५–००१ ह ०३१० नम्बरको अटोमा प्रदेश १–०२–०४३ प ५७४३ नम्बरको मोटरसाइकल शुक्रबार साँझ ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक मोरङको लेटाङ नगरपालिका–७ वारांगीका २६ वर्षीय अजय लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका लिम्बूलाई उपचारका लागि गाईघाट अस्पताल लगिएकामा चिकित्सकले मृत घोषित गरेका थिए। अटो चालक त्रियुगा–७ का ३८ वर्षीय भुसेलाल दनुवारलाई प्रहरीले पक्राउ गरेको छ।
प्रतिक्रिया
