उदयपुरमा गाडीको ठक्करले दिदीबहिनीको मृत्यु
मृतकका परिवारका साथमा आफन्त र स्थानीय।
उदयपुर। उदयपुरको त्रियुगामा पिकअप गाडीको ठक्करबाट दिदीबहिनीको मृत्यु भएको छ। घर अगाडि बसिरहेका उनीहरुलाई गाडीले ठक्कर दिएको थियो।
दुर्घटनामा सप्तरी घर भइ त्रियुगा नगरपालिका–३ मा डेरा गरी बस्ने १२ वर्षीया देवीकुमारी दास र उनकी १४ वर्षीया दिदी अनुकुमारीको मृत्यु भएको उदयपुर प्रहरीका प्रवक्ता डीएसपी केदारमान दोङले सरल पत्रिकालाई जानकारी दिए।
प्रहरीका अनुसार सामान बोक्ने प्र १–०५००१ च ००९२ नम्बरको पिकअप गाडीले दिदीबहिनीलाई आज बिहीबार बेलुका साढे ७ बजेतिर ठक्कर दिएको थियो। बहिनीको घटनास्थलमै र दिदीको जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
डीएसपी दोङका अनुसार गाडीसहित चालक त्रियुगा नगरपालिका–९ का १८ वर्षीय निरजल कटुवाललाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ।
प्रतिक्रिया
