स्ववियु निर्वाचनमा सहभागी हुन २२ संगठन दर्ता

काठमाडौं। चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा २२ वटा विद्यार्थी संघ संगठनले नाम दर्ता गराएका छन्। मुख्य राजनीतिक दलका विद्यार्थी संगठनहरू सहित २२ वटा संगठनले नाम दर्ता गराएका हुन्।

त्रिभुवन विश्वविदालय क्याम्पस प्रमुख अक्कलदेव मिश्रका अनुसार नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी, अखिल (क्रान्तिकारी) बहुमत लगायतका संगठनले नाम दर्ता गराएका छन्।

तीमध्येबाट छानबिन गरेर चाँडै नामावली प्रकाशन गरिने स्ववियु निर्वाचन समितिका निर्वाचन अधिकृत प्रा. डा्. कृष्णप्रसाद न्यौपानेले बताए। २०७९ चैतमा भएको स्ववियु निर्वाचनमा १९ विद्यार्थी संघसंगठनले भाग लिएका थिए।

यी हुन् दर्ता भएका विद्यार्थी संगठन

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *