श्रीकृष्ण प्रणामी मन्दिरलाई एक लाख राशिको पुरस्कार

विराटनगर। विराटनगरको महाभीम स्मृति कोषले एक लाख राशिको ‘महाभीम धर्म संस्कृति एवं समाजसेवा पुरस्कार’ सुनसरीको इटहरीस्थित श्रीकृष्ण प्रणामी मन्दिरलाई प्रदान गरेको छ।

इटहरीको मुक्तिधामस्थित मन्दिर परिसरमा आयोजित कार्यक्रममा उक्त पुरस्कार प्रदान गरिएको हो। यो पुरस्कार हरेक वर्ष धर्म संस्कृति एवं समाज सेवाको क्षेत्रमा योगदान दिने व्यक्ति तथा संस्थालाई प्रदान गरिंदै आएको छ।

कोषकी अध्यक्ष इन्दिरा रिजालको सभापतित्वमा भएको कार्यक्रममा पुरस्कृत हुने मन्दिरको तर्फबाट सन्त १०८ श्रीकृष्णदास महाराजजीले पुरस्कार ग्रहण गरेका थिए। उनलाई राधादेवी रेग्मी र गंगादेवी रिजालले दोसल्ला ओढाएर सम्मान गरेका थिए।

यसैगरी, हिमादेवी पराजुलीले माल्यार्पण गरिने भने कोष अध्यक्ष इन्दिरा रिजालले सम्मानपत्र प्रदान गरिन्। कोषका संस्थापक एवं संरक्षक प्रभुप्रसाद पराजुलीले एक लाख राशिको चेक हस्तान्तरण गरेका थिए।

उक्त अवसरमा भेला भएका भक्तजनहरुलाई भोजन र प्रसाद समेत ग्रहण गराउने व्यवस्था आयोजकको तर्फबाट गरिएको थियो। कार्यक्रमका सञ्चालक हेमन्त पराजुलीले सहभागको स्वागत गरेका थिए।

सम्मानित मंदिरको तर्फबाट श्रीकृष्णदास महाराजले आशिर्वचनका दिएका थिए भने मन्दिरका अध्यक्ष भीम घिमिरेले शुभकामना व्यक्त गरेका थिए। कोषका संस्थापक एवं संरक्षक प्रभुप्रसाद पराजुलीले महाभीमको जीवनीमा प्रकाश पार्दै २०८१ को महाभीम धर्म संस्कृति एवं समाज सेवा पुरस्कारको घोषणा गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *