इलामका किरात खालिङ राई समुदाय संगठित

इलाम। किरात खालिङ राई समुदाय संगठित भएका छन्। किरात खालिङ राई उत्थान संघ बनाएर उनीहरु संगठिन भएका हुन्। संघको प्रथम अधिवेशनले खोमबहादुर खालिङ (प्याङ) को अध्यक्षतामा समिति चयन गरेको छ।

समितिको उपाध्यक्षमा पदम खालिङ (सुम्बेक), सचिवमा सुनिता खालिङ (सुम्बेक), सहसचिवमा बेनुप खालिङ (रोङ) र कोषाध्यक्षमा सुमन खालिङ (प्याङ) चुनिएका छन्।

यसैगरी, सदस्यमा लीला खालिङ (भित्ते), धनबहादुर खालिङ (भित्ते), मनिराज खालिङ (माई), तुलाराम खालिङ (पुवामझुवा), भक्त खालिङ (सूर्योदय), मनीषा खालिङ (प्याङ), पर्बत खालिङ (सुम्बेक), पम्फा खालिङ (प्याङ) र अस्मिता खालिङ (माङसेबुङ) चयन भएका छन्।


प्रतिक्रिया

One thought on “इलामका किरात खालिङ राई समुदाय संगठित

  1. किरात खालिङ राई उत्थान संघ इलामका सबै कार्य समितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकाना।

Leave a Reply

Your email address will not be published. Required fields are marked *