सारीमा सल्केको आगोले जलेर महिलाको मृत्यु

विराटनगर। आगोले जलेर घाइते भएकी मोरङको कानेपोखरीकी एक जना महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

प्रहरीका अनुसार कानेपोखरी गाउँपालिका–१ होक्लाबारीकी ५५ वर्षीया रीता बुढाथोकी उपचार भइरहेको अवस्थामा मृत्यु भएको हो।

मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार गाईका लागि खोले पकाउने क्रममा माघ १७ गते सारीबाट सल्किएको आगोले जलेर उनी गम्भीर घाइते भएकी थिइन्।

सुरुमा विराट शिक्षण अस्पतालमा उपचारपछि उनलाई थप उपचारका लागि काठमाडौं लगिएको थियो। काठमाडौंको वीर अस्पतालमा उपचारका क्रममा शनिबार बिहान रिताको मृत्यु भएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *