हात्ती आक्रमणमा झापाको हल्दिबारीका वृद्धको मृत्यु

झापा। जंगली हात्तीको आक्रमणबाट बिहीबार हल्दिबारी गाउँपालिका–४ का ७६ वर्षीय भीमप्रसाद भट्टराईको मृत्यु भएको छ।

प्रहरीका अनुसार घरबाट करिब ४ किलोमिटर दक्षिण रहेको चौकी बिराम सामुदायिक वनमा घाँस काट्न गएका बेला उनलाई हात्तीले आक्रमण गरेको थियो।

बिहान १० बजेतिर घाँस काट्न गएका भट्टराई नफर्किएपछि खोजी गर्दा अपरान्ह करिब ५ बजे जंगलमा मृत भेटिएका थिए।

घटनास्थलको प्रकृति हेर्दा हात्तीले आक्रमण गरेर मृत्यु भएको यकिन हुने प्रहरीको भनाइ छ। उक्त क्षेत्रमा केही समययता जंगली हात्तीको चहलपहल बढेको छ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *