गाडी सडकबाट सय मिटर तल खस्दा चालकको मृत्यु

पाँचथर। विद्यार्थी पुर्याएर फर्किएको गाडी हिलिहाङमा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।

प्रहरीका अनुसार हिलिहाङ गाउँपालिका–४ ओखरबोटेस्थित भित्री सडक खण्डमा बुधबार साँझ दुर्घटना भएको हो। माङसेवा बोर्डिङ स्कुलका विद्यार्थी पुर्याएर पञ्चमीबाट भालु चोकतर्फ फर्कदै गरेको मे १ ज ३०७३ नम्बरको सफारी अनियन्त्रित भएर दुर्घटनामा परेको थियो।

सडकबाट करिब सय मिटर तल खस्दा चालक हिलिहाङ–१ का ३५ वर्षीय हेमराज योगीको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा यात्रुहरु हिलिहाङ–१ का २६ वर्षीय विनोद तामाङ र २० वर्षीय आशिष लिङदेन घाइते भएका छन्। विनोदको अवस्था गम्भीर छ । दुवैको फिदिममै उपचार भरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *