म्यानमार बन्यो च्याम्पियन, नेपाल उपविजेता

काठमाडौं। फोर नेसन्स कप फुटबलको उपाधि म्यानमारले जितेको छ। बुधबार दशरथ रंगशालामा भएको नेपाललाई २–० ले हराउँदै म्यानमारले उपाधि जितेको हो।

यु पर किनले खेलको ६२ औं मिनेटमा गरेको गोलबाट म्यानमारले अग्रता लिएको थियो। दबाबमा परेको नेपाली टिमकी गीता रानाले ६४ औं मिनेटमा आत्मघाती गोल गरिन्।

विनको प्रहार जोगाउन क्रममा गीताले बललाई आफ्नै पोस्टको दिशा दिन पुगिन्। खेलको ७० औं मिनेटमा रश्मिकुमारीको प्रहार म्यानमारकी गोलरक्षक म्यो म्या म्याले जोगाइन् ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। म्यानमारकी सान थउ थउले २४ औं मिनेटमा गरेको प्रहारलाई गोल लाइनबाट विमला विकले जोगाएकी थिइन्। खेलको ३५ औं मिनेटमा सावित्रा भण्डारी, रेखा पौडेल र सविता रानामगरले लगातार मौका पाए पनि गोल गर्न सकेनन्।

नेपालले खेलेको यो १३ औं फाइनल हो। सबैमा नेपाल पराजित बनेको छ। म्यानमारसँग भने नेपालको यो छैटौं खेल हो। सन् २०१९ मा भारतको भुवनेश्वरमा भएको हिरो गोल्डकपको फाइनलमा पनि म्यानमारले नेपाललाई हराएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *