फागुन १३ देखि कोशी खेलकुद महोत्सव

विराटनगर। कोशी प्रदेशमा खेलकुद महोत्सव २०८१ आयोजना हुने भएको छ। । प्रदेश खेलकुद विकास बोर्डले गर्ने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ।

महोत्सव फागुन १३ देखि १८ गतेससम्म महोत्सव सञ्चालन हुने छ। यस अवसरमा विराटनगर र झापामा विभिन्न खेलुकद प्रतियोगिता हुने जनाइएको छ।

१ हजार जनाभन्दा बढी खेलाडीहरू प्रत्यक्ष रूपमा जोडिने महोत्सवमा एथलेटिक्स, कबड्डी, डोरीतान, सफ्टटेनिस, कराँते, तेक्वान्दो, बुद्धिचाल, बाघचाल, महिला फुटबल, महिला भलिबल, टेबलटेनिससमेतका खेल समावेश गरिने जनाइएको छ।

आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम) ले खेल र खेलाडीहरुको व्यक्तित्व विकासका साथै खेल प्रवर्द्धन गर्ने उद्देश्यले पहिलोपटक खेल महोत्सव आयोजना गर्न लागिएको बताए। बोर्डका अध्यक्ष एवं प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले खेल जगतको प्रवर्द्र्धनमा महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने दाबी गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *