अब पार्टीभित्र अन्याय हुन दिन्नः कोइराला
राप्ती। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसका नेता तथा कार्यकर्ताहरु माथि अब अन्याय हुन नदिने प्रतिबद्धता जनाएका छन्।
कांग्रेसको राप्ती सोनारी गाउँपालिका सम्मेलन आइतबार उदघाटन् गर्दै उनले कांग्रेस कार्यकर्तालाई संरक्षण गर्ने जिम्मेवारी आफूले लिने बताएका हुन्।
‘ढुक्क भएर संगठन गर्नुस्’ नेता कोइरालाले भने, ‘समयमै सदस्यता नवीकरण गराउनुस्।’
सबै तहका कांग्रेस कार्यकर्ताहरु पार्टीको विधानअनुसार अघि बढन उनले निर्देशन समेत दिए।
व्यक्ति बलियो होइन संस्था बलियो बनाउनु पर्ने धारणा राख्दै देश दौडाहमा रहेका नेता डा. कोइरालाले आगामी महाधिवेशन निर्धारित समयमै हुनुपर्ने बताए।
निरन्तर जिल्ला भ्रमणमा रहेका कोइराला शनिबार नेपालगन्जमा पुगेका हुन्।
प्रतिक्रिया
