विराटनगरमा क्रिकेटः राइजिङ र सरस्वती सेमिफाइनलमा

विराटनगर। जहदा क्रिकेट क्लवको आयोजनामा विराटनगरको मेरिबोन क्रिकेट मैदानमा जारी आठौं विष्णु माझी मेमोरियल अन्तर स्कुल क्रिकेट प्रतियोगितामा राइजिङ स्कुल र सरस्वती स्कुल विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन्।

पहिलो खेलमा राइजिङले विकेभिएम स्कुललाई ५ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश हो। टस जितेर ब्याटिङ गरेको राइजिङले निर्धारित २० ओभरमा सवै विकेट गुमाई १ सय १९ रन बनाएको थियो।

राइजिङका लागि प्लेयर अफ म्याच रेहान शेखले सर्वाधिक ३४ रनको योगदान दिए। विकेभिएमका जितेन्द्र यादवले २ विकेट लिए।

१ सय २० रनको लक्ष्य पछ्याएको विकेभिएमले निर्धारित ओभर खेल्दै ८ विकेट गुमाई १ सय १४ मात्र बनायो। विकेभिएमका निखिल महतोले सर्वाधिक २० रनको योगदान दिए। राइजिङका रेहान शेखले २ विकेट लिए।

दोस्रो खेलमा सरस्वती स्कुलले ग्रिनपिस स्कुललाई १ विकेटले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको हो। टस जितेर ब्याटिङ गरेको ग्रिनपिसले निर्धारित २० ओभरको १९ ओभरमा सवै विकेट गुमाई ९० रन बनाएको थियो। ग्रिनपिस लागि मुर्सिद मन्सुरीले सर्वाधिक २६ रनको योगदान दिए। सरस्वतीका प्रशान्त यादवले २ विकेट लिए।

९१ रनको लक्ष्य पछ्याएको सरस्वतीले १८ दशमलव २ बलमा ९ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो। सरस्वतीका प्लेयर अफ म्याच विकाश कामतले सर्वाधिक ३५ रनको योगदान दिए। ग्रिनपिसका मुर्सिद आलमले–३ विकेट लिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *