ट्याक्टरको ठक्करले मोटरसाइकलमा सवार एक जनाको मृत्यु

विराटनगर। मोरङको उर्लाबारी–७ मा ट्याक्टरको ठक्करले मोटरसाइकलमा सवार झापाको कमल गाउँपालिका–३ का ६५ वर्षीय नारायण श्रेष्ठको मृत्यु भएको छ।

प्रहरीका अनुसार झापाको दमकबाट उर्लाबारीतर्फ आएको को १ त ६७८८ नम्बरको ट्याक्टरले मे ६ प ६०७९ नम्बरको मोटरसाइकललाई शनिबार ठक्कर दिएको थियो। त्यस क्रममा मोटरसाइकल पछाडि बसेका श्रेष्ठ गम्भीर घाइते भएका थिए।

उनको उपचारका क्रममा झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा मृत्यु भएको प्रहरीको भनाइ छ। मोटरसाइकल चालक कमल गाउँपालिका–३ का अन्दाजी ६२ वर्षीय धन्यप्रसाद बराल घाइते भएका छन्। उनको बी एन्ड सीमै उपचार भइरहेको छ।

ट्याक्टर र चालक उर्लाबारी नगरपालिका–३ का २८ वर्षीय शेखर खवासलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *