कुम्भ मेलाबाट फर्कंदा दुर्घटना, ४ जना नेपालीको मृत्यु
सुनसरी। भारतको उत्तर प्रदेश, प्रयागराजस्थित महाकुम्भ मेलाबाट फर्कने क्रममा गाडी दुर्घटना हुँदा ४ जना नेपालीको मृत्यु भएको छ। शुक्रबार राति भएको दुर्घटनामा सप्तरीका ३ र सुनसरीका १ जनाको मृत्यु भएको हो। ७ जना नेपाली तीर्थयात्री घाइते भएका छन्।
भारतीय सञ्चार माध्यमहरुका अनुसार उत्तर प्रदेशको बाँसगाउँ थाना क्षेत्रअन्तर्गत गोरखपुर लिंक रोडमा ट्रयाक्टरको ट्रलीमा स्कारपियो गाडी ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा सप्तरीको कञ्चनरूप नगरपालिका–७ की लीलावती चौधरी र पर्शुराम चौधरी र ५ नम्बर वडाकी हरिहर देवी तथा सुनसरीको कुशाहा गाउँपालिका–१ की समतोलियादेवी यादवको मृत्यु भएको छ । उनीहरुसँगै रहेका उपेन्द्र यादव, लालु देवी, जितु यादव र मुकेया यादवसहित ७ जना घाइते भएका छन्।
प्रतिक्रिया
