इटहरी गोल्डकपको उपाधिका लागि सगरमाथा र मच्छिन्द्र भिड्दै

सुनसरी। १५ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज शनिबार सगरमाथा युथ क्लब मोरङ र मच्छिन्द्र फुटबल क्लब काठमाडौं आमनेसामने हुँदै छन्।

सगरमाथा युथ क्लबले क्वाटर फाइनलमा न्यूरोड टिम (एनआरटी) र सेमिफाइनलमा धरान फुटबल क्लबलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो।

मच्छिन्द्रले क्वाटर फाइनलमा झापा फुटबल क्लब र सेमिफाइनलमा युनाइटेड खर्साङ फुटबल क्लब (यूकेएफसी) भारतलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो।

दुवै टिमका प्रशिक्षक तथा टिम कप्तानहरूले खेल आफूले जित्ने दाबी गरेका छन्। दुई पटकको उपाधि विजेता सगरमाथा युथ क्लब आफ्नो जीतलाई ह्याट्रिक बनाउने योजनामा रहँदा मच्छिन्द्र क्लब पनि पहिलो पटक फाइनल खेल खेल्दै उपाधि जितेर इतिहास बनाउने रणनीतिमा छ।

प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्ने आयोजक राष्ट्रिय जागृति क्लब इटहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *