संखुवासभाको सभापोखरीमा सडकबाट ट्याक्टर खस्दा चालकको मृत्यु

संखुवासभा। संखुवासभाको सभापोखरी गाउँपालिका–६ स्थित भित्री सडक खण्डमा बालुवा लोड गरेको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

बाह्रबिसेबाट आपुङ्गतर्फ जाँदै गरेको भे २ त १९२९ नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भएर सडकबाट करिब ६० मिटर तल खोल्सीमा खसेको थियो।

प्रहरीका अनुसार दुर्घटनामा परेर ट्याक्टर चालक संखुवासभाको चैनपुर नगरपालिका–६ का अन्दाजी १९ वर्षीय रवि बराइलीको मृत्यु भएको हो।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा बिहीबार राति ९ः४५ बजेतिर जिल्ला अस्पताल खाँदबारीमा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *