महाकुम्भ मेलाबाट फर्कँदा दुर्घटना, ३ जना नेपालीको मृत्यु
काठमाडौं। भारतको महाकुम्भ मेलामा सहभागी भएर फर्कने क्रममा दुर्घटना हुँदा तीन जना नेपालीको मृत्यु भएको छ। पाँच जना घाइते भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेहरु रुपन्देहीको देवदहका हुन्। प्रहरीका अनुसार देवदह नगरपालिका–९ का ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीया दीपा खनाल र ४० वर्षीया गंगा शर्माको मृत्यु भएको हो।
घाइते हुनेमा देवदह–९ भलुहीकी कोपिला पोखरेल, उनका छोरा सुभम पोखरेल, आविष्कार पराजुली, यमकलादेवी मगर र गाडी चालक भारतीय नागरिक रितेश दुबे छन्। उनीहरुलाई उपचारको लागि गोरखपुर पठाइएको जनाइएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निरीक्षक महेन्द्र सेनका अनुसार कुम्भ मेलाबाट फर्किंदै गर्दा भारत उत्तर प्रदेशको आजमगढ बाराणसी रोडको डिभाइडरमा ठोक्किएर गाडी दुर्घटना भएको हो। युपी५३एफडी ४२८८ नम्बरको भारतीय गाडी डिभाडरमा ठोक्किएर दुर्घटना भएको थियो।
