सुनसरी र मोरङमा चलचित्र ‘तीनतारा’ को छायांकन
विराटनगर। माउण्टेन र्याट्स मोसन पिक्चर्सको ब्यानरमा निर्माणाधीन चलचित्र ‘तीनतारा’ को छायांकन सम्पन्न भएको छ। यो चलचित्रको छायांकन मोरङ र सुनसरीका विभिन्न स्थानमा गरिएको छ।
चलचित्रमा १५ वर्षपछि भेटिएका साथीहरूको जीवन, सम्बन्ध र परिवर्तनको कथा देखाइने निर्माताले जनाएका छन्।
जीवन दाहालको पहिलो निर्देशनमा बनेको उक्त चलचित्रमा घनश्याम जोशी, उत्तम पाण्डे, दिपेन्द्र शाही, रुपेश तामाङ, अशोक गौतम, नवीन चन्द्र अर्याल, सबिन भट्टराई, भरत कार्की, सुष्मा निरौला लगायतको अभिनय हेर्न पाइने छ।
निर्देशक दाहालले लेखेको कथाले मित्रताको महत्व, जीवनका उतारचढाव र समयले ल्याउने परिवर्तनलाई सुक्ष्म रुपमा प्रस्तुत गरेको जनाइएको छ।
फोटोग्राफी निर्देशन अतुल आनन्द र छायाकार पवन सिग्देल रहेको चलचित्रको पोस्ट–प्रोडक्सनको काम आरपी प्रोडक्सन्सले गर्ने जनाइएको छ। चलचित्रको निर्माण टोलीले चाँडै प्रदर्शन मिति घोषणा गर्ने जनाएको छ।

