काठमाडौं विश्वकै चौथो प्रदूषित सहर, दिल्ली पहिलो
काठमाडौं। काठमाडौं विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ। विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको ‘आईक्यूएअर’ का अनुसार सोमबार बिहान ७ बजे काठमाडौंको वायु प्रदूषण १७० एक्यूआई मापन गरिएको छ।
भारतको संघीय राजधानी दिल्ली प्रदूषित सहरको शीर्ष स्थानमा छ। २०१ एक्यूआईसहित दिल्ली विश्वै सबैभन्दा प्रदूषित सहर बनेको हो। त्यस्तै दक्षिण एसियाली मुलुक बंगलादेशको ढाका दोस्रो नम्बरमा छ।
बिहानसम्म ढाकाको वायु प्रदूषण १७० एक्यूआई मापन गरिएको छ। तेस्रो नम्बरमा रहेको पाकिस्तानको लाहोरको वायु प्रदूषण १९० एक्यूआई मापन गरिएको छ।
काठमाडौंमा वायु प्रदूषण मंगलबार रातिसम्म बढ्ने वातावरण विभागको पूर्वानुमान छ। आकाश धुम्म छ। पानी पर्न नसकेकाले मौसम सफा हुन पाएको छैन।
प्रतिक्रिया
