चित्रगुप्त समाज कल्याण परिषदमा सर्वसम्मत नेतृत्व चयन
विराटनगर। चित्रगुप्त समाज कल्याण परिषदको नयाँ कार्यकारिणी समिति चयन गरिएको छ।
विराटनगर महानगरपालिका–१० तीन टोलियास्थित परिषदको मुख्यालयमा भएको २६औं स्थापना दिवसको अवसरमा आयोजित साधारण सभाबाट समिति सर्वसम्मत रुपमा समिति चयन गरिएको हो।
११ सदस्यीय समितिको अध्यक्षमा प्रा.डा. वेदेश चन्द्र लाल दास छन्। उपाध्यक्षमा अनिल कुमार लाल, सचिवमा बिजेन्द्र कुमार कर्ण, सहसचिवमा दिपक कुमार निधि र कोषाध्यक्षमा रुपेश कुमार दास चयन भएका छन्।
यसैगरी, सदस्यमा सन्तोष कुमार दास, नितेश दास, प्रमोद कुमार दत्त, नबिता दास, रेखा मल्लिक र राखी बर्मा छन्।

प्रतिक्रिया
