इलाम रेडक्रसको अधिवेशनबाट नयाँ समिति चयन

इलाम। नेपाल रेडक्रस सोसाइटी इलाम जिल्ला शाखाको ३८औं वार्षिक साधारण सभा तथा १४औं अधिवेशनबाट नयाँ समिति चयन गरिएको छ।

अधिवेशनबाट सभापतिमा शिवप्रसाद गौतम चयन भएका छन्। उपसभापतिमा रतन कुमार चौधरी र उपसभापति हरिकला श्रेष्ठ तथा मन्त्रमा रवीन्द्रप्रसाद श्रेष्ठ चयन भएका छन्।

यसैगरी, उपमन्त्रीमा हरिनाथ फुयाँल, कोषाध्यक्षमा ईश्वरकुमार सुवेदी, उपकोषाध्यक्ष विजयशेखर भट्टराई चयन भएका छन्।

समितिको सदस्यमा वेदमाया मुखिया (सोनु), उर्मिला निरौला, उर्वशी गौतम, चन्द्र के सी, गणेश खतिवडा, राजीव न्यौपाने, बलराम रिसाल, निधिप्रसाद पोखरेल, सुरेन्द्र साम्बा, हेमकुमार सुवेदी चयन भएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *