पुलिसलाई हराउँदै ब्ल्याक बुल्स बन्यो च्याम्पियन
पोखरा। विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीले २४औं संस्करणको आहा रारा गोल्डकप फुटबलको उपाधि जितेको छ।
यसअघि ६ पटक उपाधि जितेको पुलिस पहिलो पटक सहभागी भएर फाइनलमा पुगेको ब्ल्याक बुल्ससँग पराजित भएको हो। पोखरा रङ्गशालामा आज भएको फाइनलमा ब्ल्याक बुल्सले पुलिसलाई ३–१ गोलले हराएको हो।
ब्ल्याक बुल्सका जाखोन्गिर अख्मदोभ, असिल्बेक ओरिफ्जोनोभ र साभ्कत्जोन सात्तोरोभले गोल गरे। पुलिसका तर्फबाट एएटा आत्मघाती गोल भएको थियो।
सेमिफाइनलमा पुलिसले ‘ए’ डिभिजन लिगको विजेता चर्च ब्वाइजलाई र ब्ल्याक बुल्सले ५ पटकको विजेता थ्री स्टारलाई हराएको थियो।
ब्ल्याक बुल्सले उपाधिसँगै १२ लाख १ हजार र उपविजेता बनेको पुलिसले ६ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। प्रतियोगितामा १२ वटा टोली सहभागी थिए।
प्रतिक्रिया
